धादिङ १३ पुस
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दिलमान पाख्रिनले आगामी निर्वाचनमा काँग्रेसलाई बिजयी गराउन वडादेखीनै अभियान सुरु गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भएपछि नीलकण्ठ नगर कार्यसमितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पाख्रिनले धादिङमा नेपाली काँग्रेस बलियो बनाउनको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो।महाधिवेशनको आन्तरिक निर्वाचनको परिणामलाई बिर्सिएर सिंगो पार्टी निर्माणमा लाग्नको लागि कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ।
धादिङमा नेपाली काँग्रेसले अहिले सम्म प्रदेश र संघको निर्वाचन जित्न नसकेको भन्दै उहाँले बिगतको निर्वाचनमा भएको गल्तिलाई सच्चाएर अघि बढ्ने स्पष्ट पार्नुभएको छ।स्थानिय तहको निर्वाचन जित्न नसके प्रदेश र संघको निर्वाचन जित्न नसक्ने भन्दै उहाँले अब धादिङका नेताहरु सँग बसेर योजना बनाएर अघि बढ्ने बताउनुभयो ।रणनीति ढंगले काम गर्न नसके धादिङमा काँग्रेसलाई जित्नको लागि अप्ठेरो हुनेपनि बताउनुभयो ।विगतको तितामिठा कुरा बिर्सिएर निर्वाचनमा होमिनको लागि आग्रह गर्नुभएको छ ।
नीलकण्ठ नगरसभापति शम्भुसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको सम्मान तथा बधाई कार्यक्रममा केन्द्रिय सदस्य दिलमान पाख्रिनको प्रमुख आतिथ्य रहेको थियो।कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेपाली काँग्रेसका नेता तथा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको, महासमिति सदस्य तिलक प्रसाद रुवालीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्षेत्रीय सभापति राकेश धमला,नेताहरु रणबहादुर तामाङ लगायतको आतिथ्य रहेको थियो।कार्यक्रममा बोल्ने अतिथीहरुले धादिङले पहिलो पटक नेपाली काँग्रेसको केन्द्रिय सदस्य प्राप्त गरेकोमा खुसि व्यक्त गर्दै पार्टी बलियो बनाउन र आगामी निर्वाचनमा बिजयी हासिल गर्नको लागि एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको थियो।नीलकण्ठ नगरपालिकाको ससाहदेखी ¥याली सहित बाजागाजाले पाख्रिनलाई भव्य स्वागत गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |