काठमाडौं,१३ पुस
देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
काठमाडौं उपत्यकासहितका मुलुकका विभिन्न क्षेत्रमा बदली छ । जसकारण आज बिहान चिसो झनै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र बुधबार वर्षा र हिमपातको सम्भावना छ । जसले चिसो झन बढाउनेछ ।
चिसोमा संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ । चिसोबाट कसरी जोगिने ? बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने ? यस विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका छातीरोग विशेषज्ञ डा. नीरज बमका टिप्स यस्ता छन् ।
चिसोका कारण रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, घाँटीको श्वासनलीमा एलर्जी बढ्ने, छाला चिलाउने समस्या देखिन्छ । काठमाडौं लगायत क्षेत्रमा तापक्रम घटेको छ । घाम पनि पालिो लाग्दैन, बदली भइरहन्छ । तराईमा शीतलहर चल्ने गरेको छ । घाम पर्याप्त नपाउदा ‘भिटामिन डि’को पनि कमी हुन्छ, जसले रोगसँग लड्ने क्षमता पनि स्वतः कम हुन्छ ।
वायु प्रदूषण पनि बढ्दै गएको छ । सुक्खायाममा सडकमा धुलोधुवाँ उड्छ । चुरोटको धुवाँ पनि हावामा मिसिने भएकाले यो स्वास्थ्यका लागि झनै हानिकारक हुन्छ । जसकारण रुघाखोकीको संक्रमण हुन्छ ।
जाडोमा विशेष रुपमा बालबालिका र ज्येष्ठ नागरिक जोखिममा हुन्छन् । जेष्ठ नागरिकमा उच्च रक्तचाप,दमको समस्या बढ्छ भने हृदयघात, सुगरको समस्या पनि निम्तन्छ । शिशुमा निमोनिया,फ्लुको संक्रमण वृद्धि हुने देखिन्छ ।
चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ, सकेसम्म घर, कोठाको वातावरणलाई न्यानो पार्नु पर्छ । हिटरको प्रयोग गर्दा, आगो बाल्दा भेन्टिलेटर खुला राख्नुपर्छ । बिहान पूजापाठ गर्न स्नान गर्दा सकेसम्म तातो पानीको प्रयोग गर्नुपर्छ । बिहानबिहानै कसरत गर्न जानेहरूले विशेषरुपमा न्यानोे लुगा लागाएर मात्र जानुपर्छ ।
प्रस्तुति : संगीता लामा
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |