धादिङ,१२ पुस।
धादिङमा फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम निर्वाचनको मिति घोषणा नहुन्जेल सम्म हुने भएको छ।
जिल्ला निर्वाचन कार्यालय धादिङले आईतबार एक सूचना जारी गर्दै धादिङमा निर्वाचन कार्यलय र प्रशासनबाट फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम निर्वाचनको मिति घोषणा नहुन्जेल सम्म निरन्तर हुने जानकारी गराएको हो।
नाम दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट दर्ता गराउन जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठद्धारा हस्ताक्षरीत सूचनामा भनिएको छ ।
निर्वाचन कार्यालय धादिङले गत मंसिर १७ देखि पुस ८ गतेसम्म सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा धादिङमा १२ हजार ८१९ जना मतदाता थपिएका छन् ।जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट नामावली संकलन भएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |