काठमाडौं, ११ पुस
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आइतबार बुटवल पावर कम्पनीको १० प्रतिशत र समृद्धि फाइनान्सको ५० प्रतिशत सेयर मूल्य समायोजन गरेको हो ।
दुबै कम्पनीले बोनस र हकप्रद सेयरको लागि आइतबार बुक क्लोज गरेका छन् । बुटवल पावरको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।
बुटवल पावर कम्पनीको समायोजनपछिको भाउ नेप्सेले ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।
समृद्धि फाइनान्सको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले ३६१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । यसले दुई बराबर एक अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |