काठमाडौं, १० पुस
सी डिभिजन छनोटको तयारीमा रहेको विराट सांग्रिला स्पोर्टिङ क्लब, विराटनगरको अध्यक्षमा रुपेश अधिकारी पुनः चुनिएका छन् । शनिबार सम्पन्न साधारणसभाले आगामी कार्यकालको लागि पनि रुपेशको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो ।
यस्तै, महासचिवमा माधव भट्टराई , सचिवमा काशीराज पराजुली र कोषाध्यक्षमा दीपेन्द्र थापा मगर निर्वाचित भएका छन् । साधारणसभाले आगामी सी डिभिजन लिग खेल्ने र आर्थिक बर्ष २०७८–७९ का लागि २४ लाख ४५ हजार अनुमानित बजेट पारित गरेको छ । क्लबले यस पटक हुने मोरङ जिल्ला लिग समेत खेल्ने निर्णय गरेको छ ।
गत सिजन सी डिभिजन छनोटबाट बञ्चित भएको क्लबले सल्लाहकार समितिमा पर्शुराम बस्नेतको संयोजकत्वमा अरुण राठी, विकास चौधरी, नवीन धिमिरे, अनन्तराज थापा र भोला सिलवाललाई चयन गरेको छ ।
साधारणसभाको प्रमुख अतिथिका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली रहेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |