धादिङ,१० पुस।
नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनका लागि धादिङबाट ११ जना प्रतिनिधि छनौट भएका छन् ।
पुस ११ देखि १३ गतेसम्म काठमाण्डौँमा हुने प्रथम राष्ट्रिय सम्मेलनका लागि धादिङमा १५ सय पार्टी सदस्य बराबर १ जना प्रतिनीधि छनोट हुने केन्द्रिय मापदण्ड अनुसार जिल्लाबाट पार्टी सदस्य नविकरणको संख्या अनुसार ११ जना केन्द्रिय प्रतिनीधि छनौट गरिएको माओवादी केन्द्र धादिङले जनाएको छ।
जिल्लाबाट छनौट भएका ११ जना केन्द्रीय प्रतिनीधिहरुमा रामबहादुर भण्डारी, दलबहादुर बुर्लाकोटी, मनराज भण्डारी, विवेक थपलिया, दिपक लामिछाने सुवोध, शम्भु श्रेष्ठ रहेका छन्।
यसैगरी रामसिंह तामाङ, दलितबाटः दिपक विश्वकर्मा, महिलाबाट दिपा सिंखडा, दिपा कडेल र सुशिला थापा रहेको माओवादी केन्द्र धादिङले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |