धादिङ,०९ पुस।
कांग्रेस धादिङको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिले आजदेखि कार्यभार सम्हालेको छ।शुक्रबार कांग्रेस धादिङको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित सभापति रामनाथ अधिकारीलाई निवर्तमान सभापति रमेश धमलाले पार्टीको माइन्यूट दिँदै पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा निलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले विजयी सदस्यहरूलाई शुभकामना दिनुहुँदै अब धादिङ जिल्लाको सभापति पदमा आफुले उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । त्यस्तै अहिले जितेका हरेक सदस्यले अब आउने विपक्षसँगको निर्वाचनमा जितेर आउनुपर्ने बताउनु भएको थियो ।
यसैगरी नव निर्वाचित सभापति रामनाथ अधिकारीले काङ्ग्रेसलाई अझ सशक्त बनाएर लैजाने दाबी गर्दै पार्टी भित्र रहेको गुटबन्दीको अन्त्य गर्ने बताउनुभयो ।१४ औँ महाधिवेशन अन्तर्गत गत मंसिर १२ गते भएको निर्वाचनमा भिमप्रसाद ढुङ्गानालाई ३६ मतान्तरले पराजित गर्दै रामनाथ अधिकारी विजयी हुनुभएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |