काठमाडौं, ९ मंसिर
लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमा विभागीय एपीएफ क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले एक एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले दुई गोल गर्दा मेसौके ओलोमोउले एक गोल गरे ।
सुरुआती अग्रता बनाएको एनआरटी दोस्रो पटकसमेत अग्रता बनाउँदा जितबाट बन्चित भयो । ७ अंक जोडेको एनआरटी छैठौं स्थानमा छ । पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा यथावत छ ।
अहिले साँझ पौने ५ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ ।
फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |