काठमाडौं ,९ मंसिर
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा शुक्रबार माल्दिभ्सविरुद्ध कोर्टमा उत्रिदै छ ।
बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो ।श्रीलंकाविरुद्ध जित निकाले पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएका प्रशिक्षक जगदिश भट्टले माल्दिभ्सविरुद्व टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
नेपाल र माल्दिभ्सको खेल दिउँसो ११:१५ मा हुनेछ ।शुक्रबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ ५:४५ मा हुनेछ ।
प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |