काठमाण्डौ ,०८ पुस।
अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो।पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउँदो हप्ता हिमपात र वर्षाको सम्भावना रहेको पौडेलले बताउनुभयो।
लगातार झरी नपरे पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने तथा हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यस्तै यो प्रणालीका कारण पानी नपरेका ठाउँमा बादल लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो।
आउँदो सोमवार मङ्गलवारदेखि बादल लाग्ने अनुमान गरिएको छ । यस विषयमा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर जानकारी गराउने तयारी गरेको छ । पानी परे पछि देशभर चिसो अझ बढ्ने छ ।यस्तै, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले धेरैजसो क्षेत्रमा यो वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने आकलन गरेको हो । यसले गर्दा वायु प्रदूषण बढ्न सक्ने अनुमान गरिएको छ । यस्तै, कम पानी पर्दा हिउँदे कृषि बालीमा समेत असर पर्न सक्छ ।
विभागका अनुसार नेपालमा हिउँदमा सरदर ६१ मिलिमिटर वर्षा हुन्छ । सबैभन्दा बढी वर्षा मनसुनमा हुन्छ । मनसुनमा नेपालमा सरदर एक हजार ४ सय १२ दशमलव ७ मिलिमिटर वर्षा हुन्छ । यसपालि मनसुनमा सरदर भन्दा धेरै पानी पर्दा बाढी पहिरोको जोखिम बढेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |