काठमाडौं, १ पुस
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले ओरालाे लागेकाे छ । बिहीबार नेप्से ३७ दशमलव ८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
२२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । बैंकले ९३ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका उपसूचकमा म्यूचल फण्डबाहेक सबै समूहको सूचक राताम्मे देखिएका छन् । बिहीबार बजार घटे पनि एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । यस कम्पनीको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेकाे छ ।
नेप्सेका अनुसार कारोबार भएका कम्पनीहरूमध्ये ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले घटेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |