काठमाण्डौ,२३ मंसिर।
ट्राफिक कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएको छ ।नयाँ व्यवस्था अनुसार काठमाण्डौ उपत्यकामा अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन् ।
आज एक कार्यक्रमका बीचमहानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट (इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात गर्नुभएको हो ।
उहाँले महाशाखाको सेवालाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन यस्तो व्यवस्था ल्याइएको बताउनु भयो । यसअघि कारबाहीमा परेका चालकले २४ घण्टे पुर्जीबापत नियमानुसार जरिबाना तिर्नुपर्ने व्यवस्था थियो ।
एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको बताउनु भएको छ । उहाँले चिट काटेपछि जरिबाना तिरेर ट्राफिक कार्यालयमा गइ कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरेर थप सहज बनाउन यस प्रणालीको सुरु गरिएको बताउनु भयो ।
पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरिएको यो सेवालाई बिस्तारै अन्य कार्यालयमा समेत विस्तार गरिने महाशाखाले जनाएको छ ।
जाँडरक्सी खाएर गाडी चलाएको, लेन अनुशासन पालना नगरेको र राति बत्ती उल्लङ्घन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सक्नेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |