सिन्धुपाल्चोक, २२ मंसिर
सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको हो । सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरीएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णुको दुईवटा कलात्मक मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए।
पुरातत्व विभागको सहयोगमा अहिले मन्दिरको गजुर राख्ने काम भइरहेको छ । भुकम्पपछि अस्थायी टहरोमा मूर्ति राखी पूजा गरिँदै आएको थियो । मंगलबार राति अपरिचित युवकहरू मोटरसाइकलमा आएको स्थानीयहरूले देखेको बताएका छन् ।
मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले पाएपछि प्रहरीलाई खवर गरेका थिए । यसअघि २०२५ र २०४२ सालमा गरी दुईपटक त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |