काठमाडौं, २२ मंसिर
सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो ।
नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन् । बैठकले आजै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले जानकारी दिएका छन् ।
इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |