धादिङ २२ मंसिर
नेपाली काँग्रेस धादिङका नेता तथा संसाद राजाराम कार्कीले केन्द्रिय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।नेपाली काँग्रेसको आशन्न केन्द्रिय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको कार्कीले बताउनुभयो ।पार्टी भित्र देखीएको समस्या समाधान गर्न र काँग्रेसलाई बलियो बनाउनको लागि आफुले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनु भएको छ। महामन्त्रीको उम्मेदवारी किन भनेर कार्कीले विभिन्न प्रतिवद्धताहरु समेत सार्वजनिक गर्नुभएको छ।
राजनीति क्षेत्र सँगै स्वास्थ्य क्षेत्रमामा पनि संक्रिय कार्कीले धादिङका नागरिकहरुलाई सहुलियत दिएर सेवा प्रवाह गर्दै आउनुभएको छ । स्वास्थ्य क्षेत्रबाट धादिङका नागरिकहरुलाई सेवा दिर्दै आउनुभएका कार्की धादिङका जनताले रुचाईएका नेता भित्र पर्नुहुन्छ ।विद्यार्थी राजनीतिबाट आउनुभएका डा. कार्की २० वर्ष ने. वि. संघमा काम गर्नुभएको छ । २५ वर्ष नेपाली कांग्रेसको क्रियाशिल सदस्य देखि केन्द्रीय सदस्यसम्म भएर काम गर्नुभएका कार्की काँग्रेस भित्र लोकप्रिय नेतामा पर्नुहुन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |