धादिङबेशी । नेपाल डोरी तान संघ, जिल्ला कार्यसमिति धादिङले डोरी तान प्रतियोगिता गर्ने भएको छ ।
यहि पौष २ गते धादिङबेशीको खुल्लामन्चमा संघले प्रथम जिल्लाब्यापी विद्यालय स्तरिय डोरीतान प्रतियोगिता गर्न लागिएको हो ।राष्ट्रको लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको डोरी तान प्रतियोगितामा १२ कक्षा सम्ममा अध्ययनरत विद्यार्थीहरुले सहभागी हुन पाउने आयोजकले बताएको छ ।
एक टिम ८ जना खेलाडी रहने र उक्त खेलाडीहरुको तौल ४८० केजी भन्दा बढी हुन नपाईने र टिम दर्ताको लागी १००० शुल्क लाग्ने नेपाल डोरी तान संघ, जिल्ला कार्यसमिति धादिङका अध्यक्ष अमृत तामाङले बताए ।
प्रतियोगितामा प्रथम, द्धितिय तृतिय हुनेलाई क्रमश पुरस्कार ः १५ हजार (ट्रफि मेडल र प्रमाण पत्र), १० हजार (ट्रफि मेडल र प्रमाण पत्र) र ५ हजार (ट्रफि मेडल र प्रमाण पत्र) प्रदान गरिने बताईएको छ ।
डोरी तान प्रतियोगिता धादिङमा पहिलो पटक जिल्ला स्तरीय रुपमा संचालन हुन लागेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |