दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको सेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ ।
आइतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो । आज कारोबारमा आएका २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ प्रतिशत, फ्लोट इण्डेक्स १.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ प्रतिशत वृद्धि भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |