धादिङ, २२ फागुन ।
नेत्रावती डबजोङ गाउँपालिका –३ सेमजोङमा प्रहरी चौकी भवन उद्धघाटन गरिएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रही प्रहरी नायव महानीरिक्षक कृष्णहरी शर्माले नवनिर्मित भवनको उद्धघाटन गर्नुभएको हो।
भवन उद्घाटनसंगै प्रहरी चौकी सेमजोङको सेवा समेत सोहि भवनबाट सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । ११ वर्षअघि सेमजोङमा शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी चौकी स्थापना गरिएको थियो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्राल १ करोड ६४ लाख ३१ हजार २ सय ४१ को लागतमा प्रहरी चौकी सेमजोङ, धादिङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
दुई चरण गरेर भवन निर्माण भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियोजन गरेको ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी इकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधिन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामीछानेले बताउनुभयो ।
नवनिर्मित भवनको भुई तल्लामा कार्यालय प्रमूख कक्ष, छुट्टा छुट्टै शौचालय सुविधा सहितको छुट्टाछुट्टै महिला÷पुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू ११५ डबर्ग मिटरमा ब्यवस्थापन गरीएकोछ भने यसै भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्ष समेत रहेको छ।
कार्यक्रममा नेत्रावती डबजोङ गाउँ पालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |