धादिङबेशी । धादिङ सिर्जना प्रतिष्ठान प्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल (काशिका) चयन हुनुभएको छ । बिहीबार धादिङबेशीमा सम्पन्न धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन कोईराला (अविरल), सह–सचिवमा शिरिषा बस्नेत र कोषाध्यक्षमा प्रगती अर्याल चयन हुनुभएको छ ।
त्यसैगरि सदस्यहरुमा प्रविन घिमिरे, राम प्रसाद अर्याल, रोजिना ढकाल, प्रतिमा अर्याल, अञ्जना सिलवाल, शरण रेग्मी, गौरी ढुङ्गाना, प्रकाश सापकोटा, अमृत अधिकारी, र सम्झना नेपाल कोईराला चयन हुनुभएको छ ।
धादिङ सिर्जना प्रतिष्ठानको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् महाकाव्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा धादिङ सिर्जना प्रतिष्ठानको संस्थापक अध्यक्ष एवम् नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री प्रसाद दाहाल लगायत विभिन्न विधाका साहित्यकार र साहित्य प्रेमिहरुको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |