धादिङबेशी । धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनमा बागमती प्रदेशकै पहिलो र नेपाल भरको तेस्रो स्थानिय तह बन्न सफल भएको छ । स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएको सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिका प्रदेशकै उत्कृष्ट पालिका बनेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ नम्बर ल्याई प्रदेशकै पहिलो भएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाहले बताउनु भयो । यस अघि नेत्रावती डवजोङ गाउँपालिकाले बेरुजुमा पनि अग्रस्थान हासिल गर्न सफल भएको थियो ।अघिल्लो बर्षमा देशभरिका पालिका मध्ये छैटौँ स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको थियो ।
कार्य सम्पादन मुल्याङ्कनमा धादिङका स्थानिय तह
धादिङको १३ वटा स्थानिय तह मध्ये ७८.२ अंक हासिल गरि नेत्रावती डवजोङ गाउँपालिका प्रथम भएको छ । नीलकण्ठ नगरपालिकाले ७६.५ अंक हासिल गरि दोस्रो र बेनिघाट रोराङ गाउँपालिकाले ७४. ४ अंक हासिल गरि तेस्रो बन्न सफल भएको छ । त्यसैगरी गंगाजमुना गाउँपालिकाले ६१.५ अंक हासिल गरि धादिङमा चौथो बन्न सफल भएको छ । कार्य सम्पादनको मुल्याङ्कनमा रुवीभ्याली गाउँपालिकाले ४८.८ अंक मात्रै हासिल गरेर धादिङको सवै भन्दा कमजोर पालिका सावित भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |