धादिङबेशी । ग्रामीण यातायात सहकारी संस्था लि. को अध्यक्षमा बद्री सुवेदी चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको सोह्रो बार्षिक साधारणसभा तथा छैटौ अधिबेशन बाट सुवेदी सर्वसहमत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
आज गठित संचालक समितिको उपाध्यक्षमा ईश्वर धरेल,महासचिवमा प्रमोद पोखरेल, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ,सचिवमा बिनोदबाबु रिमाल रहेका छन् । त्यसैगरी संचालक सदस्यहरुमा सुरेन्द्र कोईराला,कुल बहादुर रायमाझी,शेर बहादुर बस्नेत,हरि बहादुर गुरुङ, तिलक श्रेष्ठ र मंग बहादुर तामाङ रहेका छन् ।
अधिबेशनले चन्द्र बहादुर लम्सालको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । जसको सदस्यहरुमा राजाराम रिजाल र केशव कुमार श्रेष्ठ रहेका छन् ।
ग्रामीण यातायात सहकारी संस्था लि. ले हाल ६२ वटा सवारी साधन मार्फत धादिङबेशी बाट ग्रामीण भेग र काठमाण्डौ,चितवन लगाएतको बिभिन्न स्थानमा यातायात सेवा प्रदान गरिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |