धादिङबेशी । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुनकुमार श्रेष्ठ अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, सह–सचिवमा विनोद तमु र विरमान तामाङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य निर्वाचित भएका छन् ।
यसैगरी, केन्द्रीय प्रतिनिधिका रूपमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी र श्रीहजुर सिलवाल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा रिताकुमारी (चिनो) सारु, लक्ष्मी भुजेल, सुदिप अधिकारी र बिरमान तामाङ चयन भएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |