धादिङ, २६ कात्तिक ।
शितल छहारी नेपालले स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई स्कुटर हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयका शिक्षक र विद्यार्थीहरूको दैनिक आवश्यकताहरू सहजतापूर्वक परिपूर्ति गराउने होस् भन्ने उद्धेश्यले स्कुटर हस्तान्तरण गरिएको अध्यक्ष कृष्ण बद्री पौडेलले बताउनुभयो । शितल छहारी नेपालका अध्यक्ष पौडेलले विद्यालयका विद्यार्थीहरूको खाद्य सामग्री, तरकारी, ग्यास सिलिन्डर, र बिरामी पर्दा आवश्यक पर्ने यातायात सुविधालाई ध्यानमा राख्दै यो स्कुटर प्रदान गरिएको बताउनुभयो। यस स्कुटरको प्रयोगले विद्यालयको विभिन्न कामकाजलाई सरल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विद्यालयसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा मानव अधिकार संगठनका जिल्ला सभापति कृष्णराज अधिकारीले जिल्लाको विभिन्न विद्यालयहरुमा स्कल ब्याग, फिल्टर, धारा सहितको पानीको जार, न्यानो कपडा, वासिङमेसिन, खाद्यन्न जस्ता सामानह वितरण गरेकोमा शितल छहारी नेपाललाइ धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक राम प्रसाद अधिकारीले शितल छहारी नेपाल मार्फत यस बहिरा विद्यालयमा भए गरेका सहयोगको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दै धन्यावाद व्यक्त गर्नुभएको छ ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमेश दाहालको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेल, नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति कृष्ण राज अधिकारी, विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी, शितल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेल, सचिव मनिष रेग्मी लगायतको उपस्थित रहेको थियो ।
शितल छहारी नेपालको यो योगदानले स्वाबलम्बी बहिरा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आफ्नो अध्ययन र अन्य शैक्षिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |