धादिङ,१३ असोज ।
उत्तरी धादिङको खनियाबास गाउँपालिकामा कृषि हाट बजारको उद्घाटन गरिएको छ। वडा नम्बर ३, तल्लो बृचेत नेपाल चोकमा भव्य कार्यक्रमसहित विभिन्न कृषक समूहहरूले उत्पादन गरेको तरकारीहरूको प्रदर्शन गर्दै बजारको शुभारम्भ गरियो।
हाट बजारमा हरियाली कृषक समूह र प्रगतिशील आमा समूहले उत्पादन गरेको टमाटर, तितेकरेला, फर्सी, खुर्सानी, बन्दागोभी, र लत्ताकपडा जस्ता सामग्रीहरू राखिएका थिए।
यो हाट बजार प्रत्येक शनिबार सञ्चालन हुनेछ, र गाउँपालिकाले यसलाई उत्सवको रूपमा मनाउँदै लैजाने योजना बनाएको वडा नम्बर ५ का अध्यक्ष रबिन कुमार तामाङले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले स्थानीय अर्गानिक कृषि सामग्रीको बिक्री वितरणमार्फत स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँदै स्वरोजगार र समृद्ध खनियाबासको निर्माणमा सहयोग पुग्ने बताए।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |