धादिङ,२८ भाद्र ।
गंगाजमुना गाउँपालिकाले प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ ।
गाउँपालिकाले बिहीबार एक सुचना जारी गर्दै गाउँसभाको निर्णयानुसार पालिका भित्र प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको जनाएको छ ।
कोही कसैले सुचनाको बर्खिलाप हुने गरी निषेधित प्लाष्टिक जन्य मदिरा पेय पद्धार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने सुचनामा भनिएको छ ।
साथै, गाउँपालिकाले यस अभियानलाई थप प्रभावकारी बनाउन पालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, महिला समुह, स्थानीय बुद्धिजिवी, नेपाल प्रहरी र जनताको सक्रिया सहभागितामा प्लाष्टिक जन्य मदिरा पेय पद्धार्थ ओसारपसार, विक्री वितरण तथा सेवनलाई पूर्ण रुपमा निषेध गर्न गराउन आग्रह गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |