धादिङबेशी । सदरमुकाम नजिकै रहेको थोपलखोलामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । गंगाजमुना गाउँपालिका–३ घर भई हाल नीलकण्ठ–१२ स्थित सांकोषमा बस्दै आएका २४ वर्षिय साजन सिंम्खडाको सोमबार मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा घाईते भएका सिंखडालाई उद्धार गरि धादिङ अस्पताल ल्याईएको भएपनि चिकित्सकले मृत घोषणा थिए । मृतक साजन सिंखडा वैदेशिक रोजगारीको लागि एक हप्ता पछि कुवेद जाने तयारीमा थिए ।
विदेश जाने दिन पनि आईसकेको भन्दै साथीहरुसँग रमाईलो गर्न सोमबार विहान थोपल खोलामा पौडी खेल्न र माछा मार्नको लागि साथीहरु सँग निस्किएको स्थानियहरुले बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |