धादिङ,३१ जेठ
धादिङको ज्वालामुखी गाउँपालिकामा खानेपानी परीक्षण प्रयोगशालाको उद्घाटन गरीएको छ ।बुधबार ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डले उक्त कार्यक्रमको आयोजना गरेको हो। सर्वसूलभ र सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छता प्रर्वद्धनको लागि दिगो संस्था भन्ने नाराको साथ खानेपानी परीक्षण प्रयोगशालाको उद्घाटन गरीएको गाउँपालिका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाँउपालिकाको अध्यक्ष यमनाथ दनैले ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डले गाउपालिकामा धेरै काम गरेको बताउनु भयो ।खानेपानीको बोर्ड स्थापना भएपछि गाउपालिकामा खानेपानीको समस्या कम भएको उहाँले बताउनु भयो । आगामी दिनमा गाउपालिकाले खानेपानीको डिजिटल प्रोफाईल बनाउने अध्यक्ष दनैको भनाई छ । खानेपानी र सरसफाईको क्षेत्रका ज्वालामुखी गाउँपालिका अगाडी रहेको बताउनुभयो ।नागरिकहरुको आवश्यकताको आधारमा गाउँपालिकाले काम गरीरहेको बताउनुभयो ।
खानेपानी बोर्ड अन्र्तगत गाउपालिकामा एक घर एक धारो बनाउने अभियान सञ्चालन भईरहेको प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डितले बताउनुभयो ।खानेपानी प्रयोगशाला स्थापना भएसँगैं नागरिकहरुले सुरक्षित खानेपानी पीउन पाउने पण्डितले बताउनुभयो ।
खानेपानी तथा सरसफाईलाई स्वच्छ बनाउन सबै एक भएर लाग्नु पर्ने गाउपलिकाका स्वास्थ्य प्रमुख सुजन श्रेष्ठले बताउनु भएको छ । धादिङ जिल्ला भरीमा स्वच्छ खानेपानीमा गाउपालिका अगाडी भएको उहाँले बताउनु भयो । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष एवं बोर्डका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशाासकीय अधिकृत सुमन पण्डित, पूर्व जनप्रतिनिधि, वडा अध्यक्ष कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |