धादिङ,३१ जेठ
अंग्रेजी भाषालाई सुधार गर्न र शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले नीलकण्ठ नगपालिका वडा नम्बर १२ का शिक्षकहरुलाई तालिम दिईएको छ । वडा नम्बर १२ को आयोजनामा सम्पन्न भएको तालिमा वडा भित्रका अग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको थियो । प्राथमिक तहका विद्यार्थीहरुलाई अग्रेजी विषयको भाषा कसरी अध्यापन गराउने भन्ने जानकारी गराउन तालिमको आयोजना गरीएको वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले जानकारी दिनुभयो।
साना कक्षामै अग्रेजी भाषालाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम दिईएको भण्डारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । शैक्षिक सुधकारको लागि नीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ । आफ्नो पहिलो प्राथमिकता शिक्षा भएको भन्दै उहाँले शिक्षा क्षेत्रको सुधारमा आफु प्रतिवद्ध रहेको बताउनुभयो । पशुपति माध्यमिक विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जयराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको तालिममा वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को प्रमुख आतिथ्यता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रशिक्षक युवराज सुवेदीले प्रावि तहको अग्रेजी भाषाको बोलाई,लेखाई,सुनाई र पढाईमा शिक्षकले ध्यान दिनुपर्ने लगायतको विषयमा सहजिकरण गर्नुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |