धादिङबेशी । १५ वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका– १ का २० वर्षीय तिलक कुमाल विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । बलात्कार आरोपित विरुद्ध सोमबार मुद्धा दर्ता भएको हो ।
२०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म बलात्कार गरेको पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी तथा डिएसपि मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
उजुरी पछि आरोपितलाई जेठ २० गते गिरफ्तार गरि जिल्ला अदालतको जेठ २१ गतेको अनुमतिले ५ दिन म्याद थप गरि हिरासतमा राखिएको छ ।
पीडितको धादिङ अस्पतालमा जेठ २० गते स्वास्थ्य परिक्षण भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |