Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ १, बुधबार ५ : ४५ : १९
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

१ दिन अघि
२

सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

३ दिन अघि
३

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

५ दिन अघि
४

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

५ दिन अघि
५

नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

५ दिन अघि
६

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

५ दिन अघि
७

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

६ दिन अघि
८

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

१ हफ्ता अघि
९

मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान

१ हफ्ता अघि
१०

गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

१ हफ्ता अघि
११

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

१ हफ्ता अघि
१२

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

१ हफ्ता अघि

धेरै पढिएका

१

रुवीभ्याली–४ बोराङका सुक बहादुर तामाङ मृत अवस्थामा फेला

२ हफ्ता अघि
२

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

१ हफ्ता अघि
३

त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिना खड्काले पाउनुभयो मोवाईल किन्दा स्कुटर उपहार

४ हफ्ता अघि
४

तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

३ हफ्ता अघि
५

१५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

४ हफ्ता अघि
६

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

१ हफ्ता अघि
७

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

१ हफ्ता अघि
८

Ycl नीलकण्ठको तेस्रो नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

२ हफ्ता अघि
९

कांग्रेस निकट यातायात ब्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा धादिङका शरद अधिकारी निर्वाचित

२ हफ्ता अघि
१०

बालबालिकालाई पढ्न पाउने अधिकारबाट बन्चित गराउन नहुने भन्दै मानव अधिकार संगठनद्धारा ध्यानाकर्षण

२ हफ्ता अघि
११

कक्षा १२ को परीक्षा स्थगित, अव बैशाख २१ गतेबाट हुने

३ हफ्ता अघि
१२

जायज माग पुरा गर्न, शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कन र कक्षा १२ को वोर्ड परिक्षा नसार्न सर्वोच्चको आदेश

२ हफ्ता अघि

सामुदायिक वन विश्वकै अध्ययन केन्द्र बनेको विज्ञहरूको दाबी

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८१ जेष्ठ २०, आईतबार (११ महिना अघि)
  • ४५७ पटक पढिएको
सामुदायिक वन विश्वकै अध्ययन केन्द्र बनेको विज्ञहरूको दाबी

काठमाडौं: स्थानीय उपभोक्ता समूहद्वारा संरक्षित, संवद्र्धित र व्यवस्थित तथा नियन्त्रण र उपयोगको रूपमा परिचित सामुदायिक वन विश्वकै अध्ययनको केन्द्र बनेको वन क्षेत्रका जानकार एवं प्राविधिकहरूले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २९ औँ स्थापना दिवसको अवसर काठमाडौंमा आयोजित एक कार्यक्रममा उपस्थित वन क्षेत्रका जानकारहरूले सो कुरा बताएका हुन् ।

सन् १९७० को दशकबाट विधिवत् विस्तारित यस अवधारणाले अपवादबाहेक उल्लेख्य प्रगति गरेको उनीहरूले बताएका हुन् । ग्रामीण समुदायका लागि उनीहरूकै प्रत्यक्ष सहभागितामा सञ्चालित यो कार्यक्रम क्षेत्रीय सहभागिताको नमुना बनेको एवं  वन स्रोतको दिगो व्यवस्थापन गर्दै वन फँडानी रोक्नु, स्थानीयलाई हाम्रो वन भनी आफ्नो बोध गराउन यस अवधारणा सफल भएको कार्यक्रममा बोल्दै विभिन्न व्यक्तिहरूले बताएका हुन् ।

कार्यक्रमको प्रमुख अध्यक्ष समेत रहेका वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले सामुदायिक वनले देशको नाम विश्वमाझ चिनाउने काम गरेको बताउँदै सामुदायिक वनलाई २९ औं स्थापना दिवसको शुभकामना समेत दिए । मन्त्री शाहले  वनक्षेत्रमा सुधार, विकास र सम्भार तथा प्रवर्द्धन गरि ग्रामीण तथा सामुदायिक विकास, सहभागितामूलक कार्यक्रम, वन विकास र उत्पादन उपभोगमा स्वतन्त्रता, दिगो वन व्यवस्थापन र जैविक विविधीकरण संरक्षण सामुदायिक वन कार्यक्रम सबल देखिएको बताए । मन्त्री शाहले आफूले कार्यभार सम्हालेसँगै सामुदायिक वनमा देखिएको शिथिलता चिर्ने काम भएको र सामुदायिक वनको आर्थिक समस्या हल गर्ने दिशामा मन्त्रालय अगाडि बढेको समेत बताए ।

यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सामुदायिक वन कार्यक्रममा विश्वमाझ प्रशंसित रहेको बताउँदै जनसहभागिता, हिस्सेदारी, सामुदायिक विकास, गरिबी निवारण, गरिबको पहुँच, वातावरण संरक्षण जस्ता आयामहरूमा सामुदायिक वनको महत्त्वपूर्ण योगदान रहेको बताए ।

यसैगरी, हिमवन्ति नेपालका उपाध्यक्ष आरती श्रेष्ठले विभिन्न समस्या र लडाई लड्दै यस अवस्थामा आइपुग्न सफल भएकोमा महासंघलाई बधाई दिँदै महिला सहभागिता क्षेत्रमा समेत सामुदायिक वन विश्व प्रशंसीत रहेको बताइन् ।

यस्तै, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले सामुदायिक वन विश्वकै अध्ययनको केन्द्र बनेको तथा प्राकृतिक स्रोतमा काम गर्ने अन्य महासंघको लागि सिकाई थलो बनेको बताए । अर्यालले नीतिगत तथा कानून निर्माणमा सरकार बाधक नबनोस् भन्दै सामुदायिक वनले शतक महोत्सव समेत मनाउन सकोस भनि शुभकामना व्यक्त गरे ।

यसैगरी, पारिवारिक निजि वनका उपाध्यक्ष शुशिला खतिवडाले अधिकांश सामुदायिक वनका उपभोक्ता समितिमा ५० प्रतिशत महिला सहभागिता रहनु र यस संस्थाले गरेको अन्य गतिविधि लोभलाग्दो रहेको बताइन् ।

यस्तै, नेपाल वन  पैदावार महांसघका अध्यक्ष दिनेश राज रेग्मीले २०५२  सालदेखि सामुदायिक वन कार्यक्रम वनको क्षेत्रमा सुधार ल्याउँदै ग्रामीण जीविकोपार्जनका लागि समेत सशक्त र प्रभावकारी भूमिका निर्वाह गरेको एवं नेपालको वन क्षेत्रलाई ४५ प्रतिशत पुर्याउन महत्त्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धु ढुंगानाले डेढ करोड भन्दा बढी जनता आबद्ध भएको यस संस्था समुदायकै हितका लागि अग्रसर हुनुपर्ने बताए । ढुंगानाले विज्ञ भनेको सामुदायिक वनमा आबद्ध जनता रहेकाले उनीहरूको अधिकार, र हकहित सुनिश्चितताको दिशामा अग्रसर हुन् महासंघलाई अनुरोध समेत गरे ।

यसैगरी, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मन्च नेपाल (मानवअधिकार एलायन्स)का विदुर सुवेदीले सामुदायिक अधिकार सुनिश्चितताको विषयमा सामुदायिक वनको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले यस कार्यक्रमबाट मानव अधिकारको क्षेत्रमा काम गर्ने आफूहरूलाई समेत सिकाई अवसर प्रदान भएको बताए । नेपालको कुनै पनि राजनीतिक दलको मतदाता भन्दा बढी जनता आबद्द रहेको यस कार्यक्रम जनसमुदायलाई प्राकृतिक स्रोत व्यवस्थापन एवं संरक्षणसँग जोड्ने महाअभियान समेत भएको उनले बताए । “२९ औं वर्षले राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा प्रभाव पारेको छ भने नेपाल सामुदायिक वनको देश हो भनेर प्रचारप्रसार हुन् सकेको छ, जुन सुखद कुरा हो”, उनले भने ।

राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पन्चकाजी श्रेष्ठले यस संस्था विश्वविद्यालयको रूपमा स्थापित भएको बताए । उनले सामुदायिक वन वन, जडिबुटी, जल, जमिन, खानी लगायतका विषयमा अध्ययनका लागि खुला विश्वविद्यालय भएको बताउँदै सामुदायिक वनसँग कृषि विश्वविद्यालय लगायतले सहकार्य गर्नुपर्ने आवश्यकता समेत औंल्याएं ।  उनले सामुदायिक वन अझ संगठित भएर अधिकार विस्तार एवं वृद्धिको दिशामा अग्रसर होस् भन्ने सदिच्छा समेत व्यक्त गरे ।

यसैगरि, एनजीओ फेडेरेसनकी सचिव लक्ष्मी कार्कीले जलवायू विपद, जलवायु जोखिम लगायतका क्षेत्रमा सामुदायिक वनसँग जोडिएर काम गर्न सकेकोमा खुसी व्यक्त गरिन् । कार्कीले महिला सहभागितालाई ५० प्रतिशत पुर्याएर विश्व प्रशंसित भएको सामुदायिक वनलाई यसलाई नघटाई अझ बढाएर लैजान आग्रह समेत गरिन् ।

यस्तै, सामुदायिक सूचना नेटवर्क (सिआइएन) का  प्रमुख दीपक आचार्यले समुदायले सामुदायिक वनसँग ठुलो आशा राखेको बताउँदै सामुदायिक वनलाई थप गम्भीर र जिम्मेवार बन्न आग्रह गरे । उनले वन, वातावरण, प्रकृति एवं कृषि लगायतका सबै क्षेत्रमा समिक्षा गर्नुपर्ने तथा श्वास, खाना, जलवायू, वातावरणदेखि दैनिन्दीन प्रयोगमा आउने सबै क्षेत्र जोखिमपूर्ण रहेको तथ्यांक आइरहेकाले यसको पैरवीतर्फ सामुदायिक वन अग्रसर हुनुपर्ने औंल्याएं । आचार्यले राष्ट्रिय प्रर्कोपको रूपमा हरेक वर्ष दोहोरिएको वन डढेलोको कारण वन जोगाउन नहुने रहेछ भन्ने सामुदायिक मनोभावना विकसित हुन् गएकाले यसप्रति महासंघ गम्भीर हुन् आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिमिल्सिनाले सामुदायिक वन सामाजिक न्यायको आन्दोलन रहेको बताए । उनले सामुदायिक वनको व्यापकता, घरधुरी आदि हेर्दा यसको अधिकार खोसिने सम्भावना नरहेको बताउँदै सामाजिक न्यायको आन्दोलन अझ उन्नत स्तरमा तथा समृद्धिको बाटोतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

यसैगरी, काठमाडौ वनविज्ञान कलेजका डा. अम्बिका प्रसाद गौतमले विकसित देशलाई समेत सामुदायिक वनले मार्गनिर्देशन गरेको बताए । उनले सफलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेर उपभोक्ताहरूमाझ समन्वयकारी भूमिका खेल्न सकेकोमा सामुदायिक वनको प्रशंसा समेत गरे । डा. गौतमले सामुदायिक वनमा एकोहोरो उपभोक्ताको लगानी मात्रै भएको तर आर्थिक प्रगति हुन् नसकेको चिन्ता समेत व्यक्त गरे ।

सामुदायिक वन उपभोक्ता महासंघको पूर्वअध्यक्ष घनश्याम पाण्डेले सामुदायिक वनमा दुई जनता पूर्व अध्यक्षहरू राज्यको नीतिनिर्माण तहको प्रभावकारी पदमा पुगेको बताउँदै सामुदायीक वनले हालसम्म प्राप्त गरेको उपलब्धि र गौरवलाई आगामी दिनमा संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिए । उनले एक सामुदायिक वन, एक उद्द्मको लागि पहलकदमी थालिनुपर्ने बताए ।

यसैगरी, रेड कार्यन्यवनका प्रमुख नवराज पुडासैनीले सामुदायिक वन उपभोक्ताहरूबाट अनुमोदित संस्था भएको बताउँदै यसले गर्दै आइरहेको  सामुदायिक अधिकारको  पैरवी लोभलाग्दो रहेको बताए । उनले सामुदायिक वनको नीतिगत तहसँग राम्रो सम्बन्ध रहेको समेत उल्लेख गरे ।

यसैगरी, सामुदायिक वनमा संस्थापक अध्यक्ष हरि प्रसाद न्यौपानेले सामुदायिक वन कृषि पेशामा आबद्ध जनताहरूको समूह भएकाले प्रथाजनित अभ्यासलाई संस्थागत गर्दै लैजान सकेमा विश्वमाझ यसको छवी अझ उज्यालो हुने बताए ।

वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले स्वागत र कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेका थिए भने केन्द्रिय महासचिव पार्वता गौतमले कार्यक्रमको सहजीकरण गरेकी थिइन्  ।

सामुदायिक वनका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरू, जिल्ला महासंघ र स्थानीय महासङ्घका प्रतिनिधिहरू, वन पैदावार व्यवसायीहरू र सरोकारवाला निकायको सहभागितामा भएको कार्यक्रममा १५० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • sidhalekh photo

    धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • huil chair

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

  • neelkantha nagapalika 1

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • netrabati dabjong gaupalika

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • समाचार
  • १

    धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा
    १ दिन अघि

  • २

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान
    ३ दिन अघि

  • ३

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
    ५ दिन अघि

  • ४

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
    ५ दिन अघि

  • ५

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो
    ५ दिन अघि

  • ६

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
    ५ दिन अघि

  • ७

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण
    ६ दिन अघि

  • ८

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
    १ हफ्ता अघि

  • ९

    मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान
    १ हफ्ता अघि

  • १०

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution