काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हा े। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।
अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |