धादिङबेशी । नीलकण्ठ नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि दोस्रो चरणको शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम सुरु गरेको छ । नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरर्गत दास्रो चरणको पाचँ दिने क्षमता विकास तालिम मंगलबार देखि सुरु गरेको हो ।
तालिममा शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा खेलद्धारा सिकाइ कसरी गर्न सकिन्छ, कक्षा कोठामा कसरी बालबालिकालाई व्यबहार कुशल सिप कसरी बिकास गर्न सकिन्छ भन्ने विषयमा ५ दिनसम्म छलफल गरिनेछ । त्यसैगरी प्रारम्भिक बालविकास भनेको के हो ?, यसको अवधारणा, पक्षहरु र प्रारम्भिक बालविकासका तत्वहरुको बारेमा जानकारी गराउनुका साथै शैक्षिक सामाग्री निमार्ण गराइने छ ।
भाषिक सिप र गणितिय सिप लगायत व्यवहार कुशल सिपहरु बिकास र क्षमता विकास गर्नेे उद्धेश्यका साथ प्रारम्भिक बाल कक्षामा कार्यरत सहजकर्ताहरुको लागि तालिम संचालन गरिएको नीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्टले बताउनुभयो । भट्टका अनुसार नीलकण्ठ नगरपालिकाको ८३ वटा विद्यालयमा रहेका १०६ मध्ये दोश्रो चरणमा ५५ जनालाई तालिम संचालन गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख भगवान प्रसाद पौडेलले विद्यालय शिक्षाको जग भनेको बाल विकास नै भएकोले बाल विकास सहजकर्ताहरुको लागि यो तालिम महत्वपुर्ण रहेको बताउनुभयो । त्यसैगरी नीलकण्ठ नगरपालिकले बाल विकास सहजकर्ताहरुको लागि संचालन गरेको यस तालिमले बालबालिकाको मनोविज्ञान र उनीहरुको व्यवहार बुझ्नको लागि सहयोग पुग्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत आर्जन श्रेष्ठको भनाइ छ ।
तलिममा सेतो गुरास बालविकास सेवा कपिलवस्तुका अनिता शर्मा र भगवती थापाले सहजीकरण गर्नुभएको तालिम गर्नुभएको छ । नीलकण्ठ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत आर्जन श्रेष्ठको अध्यक्षतामा सुरु भएको तालिममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख भगवान प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट, नगर प्रहरी लगायत बालविकास सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।
मंगलबारदेखि सुरुभएको दोस्रो चरणको प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम जेठ ५ गतेसम्म संचालन हुने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |