धादिङबेशी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आगामी दिनमा टुक्रे योजनाहरु भन्दा पनि ठूला योजनाहरुलाई प्राथमिकता दिने बताउनु भएको छ ।
धादिङको थाक्रे गाउँपालिकामा निर्माण भएका थाक्रे १ को खयरघारी सिमपानी सडक पुल र थाक्रे ३ नम्बर नजिक बनेको ढोका भन्ञ्याङ पुल तथा ३ नम्बर वडा कार्यालय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले सो कुरा बताउनु भएको हो । उहाँले समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेशले गर्ने बिकासमा बराबरी हुने र आगामी योजनाहरुले पनि थप बिकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले शिक्षामा अहिले भईरहेको पाठ्यक्रम अधुरो रहेको भन्दै अब रोजगारमूलक शिक्षालाई जोड दिनुपर्ने बताउनु भयो ।
अहिले बिकासका नाममा हरेक क्षेत्रमा भष्ट्रचार मौलाएको भन्दै काम नगर्ने जो कोहि भएपनि आफुलाई खबर गर्न आग्रह गर्नुभयो । उहाँले भष्ट्रचार मुक्त समाज निर्माणको काममा आफु प्रतिवद्ध रहेको समेत धारणा ब्यक्त गर्नु भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |