धादिङबेशी । शुरेश लाेप्चन (क.समर) र शिव अनुराग (क.भिषण) काे संयुक्त प्रस्तुती “जनयुद्द देखि खाडीसम्म” बजारमा आउदैछ ।
स्कुल पढ्ने उमेरमै जनयुद्द लड्न जंगल पसेका क. समर र क. भिषणकाे वास्तविक कथामा आधारित रहेर निर्माण गरिएकाे भिडियाेमा जनयुद्द सकिएर गणतन्त्र आईसक्दा अनि जनयुद्दका सुप्रिम कमाण्डर क. प्रचण्ड ४-४ पटक गणतन्त्र नेपालका प्रधानमन्त्री भईसक्दा यी २ कमरेडहरु भने नेपालमा खान लाउन र पेट पाल्न समेत धाै-धाै भएर खाडी मुलुकमा मजदुरी गर्न जान बाध्य भएकाे वास्तविक कथालाई भिडियाेमा मर्मस्पर्सी रुपमा समेट्ने काेसिस भईरहेकाे छ ।
चर्चित बाल कलाकारद्वय किसन सिजापती र प्रिन्स लम्सालकाे सुमधुर स्वर रहेकाे मर्मस्पर्सी गितमा शुरेश लाेप्चन र काजिराम अधिकारीकाे स्वर समिश्रण रहेकाे छ भने शिव अनुरागकाे शब्द, लय र संगित रहेकाे यस गित अनि भिडियाेका परिकल्पनाकार शुरेश लाेप्चन र शिव अनुराग आफै हुन् । जनयुद्दमा दाइ गुमाएका लाेप्चन आफै जनयुद्दका घाईते लडाकु हुन भने अनुराग जनयुद्दका जनबादी कलाकार हुन ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |