धादिङ,०२ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखोला नजिक घट्टेखोलामा आईचर ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आइतबार बिहान घरबाट मल उठाएर खेतमा लान लागेको बा ३ ख ८९४७ नम्बरको आईचार ट्रक साँघुरो कच्ची घुम्ती सडकबाट १५० मिटर तल पिमलखोलामा पुगेको जिल्ला प्रहरी कायालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
स्थानीय चाउरे भन्ने टीका रमतेलको घरको मल बोकेर खेतमा लानेक्रममा ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको स्थानीयबासीले बताएका छन् ।
गाडी ब्रेक फेल भएपछि स्टेरिङ समेत मोड्न नसक्दा सिधै खोलामा खसेको थियो । घाइतेहरुको धादिङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर लाने तयारी गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |