धादिङबेशी । नयाँ बर्ष २०८१ सुरु भएको दिनमा धादिङको रुवीभ्याली जाने गाडीको भाडा घटेको छ । झार्लाङको पहिरो फेद (लिङलिङ क्याप) मा पुल निर्माण भएसंगै धादिङबेशी देखि रुबी भ्याली बोराङ सम्मको भाडादर समायोजन गरि भाडादर घटाईएको हो ।
घटाईएको भाडादर आज बाट कार्यान्वयनमा आएको छ । समायोजन पछिको रुवीभ्याली बोराङ सम्मको भाडादर रु १००० कायम गरिएको संयुक्त यातायात भलाइ एन्ड इन्भेस्टमेन्ट प्रा लि का रामसरण थापाले बताउनु भयो । रुबीभ्याली पुग्ने सडकमा अवरोध बनेको २ बर्ष देखि अलपत्र खनियाबासको लिङलिङ ग्याप पुलको निर्माण सम्पन्न भए सगै आज देखि नयाँ भाडादर कायम गरिएको उहाँको भनाई छ ।
रुबीभ्याली पुग्न छोटो सडक लाई जोड्ने खनियाबास गाउँपालिका १ र २ को गर्चोमा रहेको लिङलिङ ग्याप पुल विगत २ बर्ष देखी ठेगेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन सकेको थिएन । अलपत्र अवस्थामा रहेको पुल निर्माण कार्यलाई सुचारु गर्न रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ र खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङले पुल निर्माण कार्यको पुर्णता दिन ठेक्का प्राप्त ठेकेदार कम्पनी साथै संघ र प्रदेशमा पहल गर्न निकै मेहनत गर्नुभएको थियो ।
यो पुल निर्माण भए सगै खनियाबास गाउँपालिका १ को पेर्चो गाउँका स्थानीय र रुबीभ्याली गाउँपालिकाका सम्पुर्ण जनताहरुलाई निकै राहत पुग्नेछ । पुल बनेपछि करिब २ घण्टाको घुमाउरो बाटो झार्लाङ गाउँ र झार्लाङ पहिरो घुम्नु पर्ने बाध्यताको अन्त्य भएको रुवीभ्याली गाउँपालिकाका स्थानियहरुले बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |