धादिङ,२५ चैत्र ।
जिल्ला अनुगमन समिति धादिङले जिल्लाका ३ स्थानिय तहका विभिन्न क्षेत्रमा संचालित ४६ वटा फर्महरूको अनुगमन गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका विभिन्न क्षेत्रमा संचालित ४६ वटा फर्महरुको अनुगमन गरेको हो ।
चैत्र १४ गतेदेखि २३ गतेसम्म गरिएको अनुगमनमा ४६ वटा फर्म मध्ये बिल विजक नभएको, खाद्य अनुज्ञापत्र नभएको, लेबल नभएको सामानको विक्रि वितरण गर्ने ८ वटा र्फमलाई ५० हजार जरिवाना गरिएको जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनुभयो ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ को मधु फे्रस बेकरी एण्ड फुड कर्नर र हरि पाउरोटि भण्डारलाई १०÷१० हजार जरिवाना गरिएको छ ।
त्यसैगरी ज्वालामुखी गाउँपालिका वडा नं २ सातदोबाटो स्थित न्यु मनकामना इन्टरप्राइजेज, खड्कादेवी इन्टरप्राइजेज, मनोज किराना पसल, भारती होटल र दर्ता नभएको एक खाजा घरलाई ५/५ हजार जरिवाना गरिएको छ ।
त्यस्तै नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ भर्याङभुरुङ स्थित श्रेष्ठ होटल एण्ड खाजा घरलाई ५ हजार जरिवाना गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
कारवाहीमा परेका सबै पसल/खाद्य स्टोर, होटल तथा र्फमहरुलाई उपभोक्तासंरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको जिल्ला बजार अनुगमन समितिका सदस्य एवंम उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताउनुभयो ।
जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको गरिएको अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय, धादिङ, सम्बन्धित स्थानीय तह, स्थानीय प्रहरी, राष्ट्रिय उपभोक्ता मन्च, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अनुगमन टोलिले करिव ३८ हजार रूपैयाँ बराबरको म्याद नाघेको सामाग्री जफत तथा नष्ट गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |