धादिङबेशी । धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा न १ निवासी बिनोद तमु संग पुस्तक वार्ता स्तभ्भका लागी गरिएको कुराकानीको सम्पादित अंश :
१, हिजो आज कुन पुस्तक पढ्दै हुनुहुुन्छ ?
* आजभोली म प्रकाश नारायण मिश्रद्धारा लिखित कल्की अवतार पढ्दैछु ।
२, कस्ता पुस्तक बढी मन पराउनुहुन्छ ?
* खासगरी दर्शन र उपन्यास मन पराउछु । सामान्यतया म दर्शन उपन्यास नै पढिरहेको हुन्छु तर अन्य पुस्तकहरु नपढ्ने भन्ने होईन, कहिलेकाहिँ साथीहरुको सिफारिसमा र कहिलेकाहिँ केही नयाँ–नौलो किसिमको पुस्तक देखेंभने म त्यो पनि पढ्छु ।
३, पढ्ने पुस्तकहरु कसरी छान्नुहुन्छ ?
* मेरो पुस्तक छान्ने तरीका त अघिनै मैले भनिहाले सिफारिस बमोजिम छान्छु भनेर । यसको अलवा कुनै पुस्तक छानेर किन्नुपर्दा म त्यस सम्बन्धित पुस्तकको समिक्षा हेर्छु, पुस्तकले भन्न खोजेको कुरा बुझ्छु र त्यस पुस्तक मेरोलागी कत्तिको महत्वपूर्ण छ भन्ने बुझेर छान्ने गर्छु ।
४, किनेर पढ्न नभ्याएको पुस्तक ?
* पुस्तक किनिसकेपछी पढ्नु नै त्यसको मुख्य उदेश्य हुनेगर्छ । तर कैलेकाहिँ कार्यव्यस्तता भनौँ या अन्य कारणले भनौँ पुस्तक पढ्न भ्याईराखेको हुँदैन । यस्तै क्रममा राजन मुकारुङको हेच्छाकुप्पा र मदन पुरस्कार विजेता पुस्तक खलङ्गामा हमलाचाहिँ मैले किनेपनी पढ्न भ्याएको छैन अहिले प्रकाश नारायण मिश्रद्धारा लिखित कल्की अवतार पढ्दै छु यो पढिसक्नसाथ छिट्टै नै पढ्न बाँकी यी पुस्तकहरुपनी पढ्नेछु भन्ने सोचिराछु ।
५, पुस्तक कुन समयमा बढी पढ्नुहुन्छ ?
* पुस्तक पढ्ने ठ्याक्कै यहि समय भन्ने त हुँदैन, फुर्सदको समयमा पढ्छु । कैलेकाहिँ यात्राको क्रममा हुँदापनी पढ्ने गर्छु तर समय निकालेरै एकछिन पुस्तक पढौँ भनेर चाहिँ विहान र बेलुकीको समयमा पढ्ने गर्छु ।
६, पुस्तक नभए जीवन कस्तो होला ?
* पुस्तकविनाको जिवनपनी जिवनजस्तो हुन्छ होला र ? नयाँनयाँ कुराहरू विभिन्न ज्ञानहरुको स्रोत पुस्तक नै त हो । पुस्तकबिनाको जीवन पुर्ण हुँदैन अनि एकदमै वैराग लाग्दो, निराशाले भरीएको हुन्छहोला जस्तो लाग्छ मलाईचाहिँ ।
७, एक पटक पढ्नैपर्ने पुस्तक ?
* हरेक पुस्तकले आफ्नै किसिमको महत्व बोकेको हुन्छ, तथापि एकपटक पढ्नैपर्ने पुस्तक भनेर भन्नुपर्दा चाहिँ धार्मिक पुस्तकहरु जस्लाई पवित्र लेखनीहरु भन्ने गर्दछन् । ती बाहेक दमिनी भीर एकपटक पढ्नैपर्छ, पढिएनभने धेरैकुरा थाहा पाउनबाट आफुले आफैंलाई बञ्चित गरेजस्तो हुन्छ भन्ने लाग्छ ।
८, दोहो¥याएर पढेको पुस्तक ?
* दोह¥याएर पढेका त्यस्ता पुस्तकहरु त धेरै छन् । कैलेकाहिं एकपटक पढ्दैमा त्यस पुस्तकको गहिराईसम्म पुग्न सकिएको हुँदैन, धीत मरीसकेको हुँदैन त्यसैले धेरै पुस्तक दोह¥याएर पढेको छु जसमध्ये मुख्यत शिरिशको फूल, मुनामदन, झोला आदि सम्झनामा छन् ।
९, पुस्तक किन्न कति खर्च गर्नुहुन्छ ?
* बिश्वप्रसिद्ध बिद्वान ’थोरो’ले भनेकै छन त “पुरानो कोट लगाउ, नयाँ पुस्तक किन“ भन्ने भनाईलाई मपनी आत्मसात गर्छु । बरु अन्य खर्चहरुलाई कटौती गरेर पुस्तकहरु किन्ने गर्छु । पुस्तक किन्न ठ्याक्कै यति खर्च गर्छु भन्ने छैन उपयोगी र महत्वपूर्ण जस्तो लागेलमा पुस्तकहरु प्रायः किन्ने नै गर्छु यसरी लगभग औसतमा वार्षिक दस हजार जतिचाहिँ मेरो पुस्तक किन्नलाई नै खर्च हुनेगर्छ तथापि कतिपय आफुलाई चाहिराखेको पुस्तक उपहारमा आउँछन, कतिपय पुस्तक साथीहरुसँग सापटीमा मागेर पनि काम चलाउँछु ।
१० मनपर्ने लेखक ?
* मनपर्ने लेखक भन्नाले धेरै छन् तर ती सबै मनपर्नेहरुको सुचीबाट एक छान्नुपर्दा एक शब्दमा पारिजात भन्छु ।
११, लेखकलाई केले राम्रो बनाउँछ ?
* लेखकको लेखनलाई उत्कृष्ट बनाउने मुख्य कुरा भनेको विषयवस्तु नै हो । सर्वप्रथम त राम्रो बिषयवस्तु छनौट गर्न सक्नुप¥यो । अनि त्यस बिषयवस्तु माथिको सोध, खोज र इमान्दारिताले नै लेखलाई राम्रो बनाउँछ जस्तो लाग्छ मेरो बिचारमा ।
१२, नेपालमा लेखेर बाँच्न सकिन्छ ?
* अहिले पुस्तक पढ्ने जमातपनी कम हुँदै गए, हरेक चिजमा महंगीले आकाश छोईसक्यो, यस्तो महंगो जीवनयापन, यस्तो महंगो दिनचर्या हुँदै गईरहेको सन्दर्भमा लेखेर मात्र बाँच्न सकिनेजस्तो अवस्था देखिँदैन । लेखनसँगै अन्य क्षेत्रबाट आयआर्जन नगर्ने हो भने लेखेर मात्र बाँच्न निक्कै कठिन छ ।
१३) ई–बुक राम्रो कि प्रिन्ट ?
* ई–बुक र प्रिन्ट बूकको आ–आफ्नै महत्वहरु छन । सजिलो जता बसेरपनि प्रयोग गर्न मिल्ने, सस्तो, सर्वसुलभ र सजिलो चाहिँ ई–बूक हुनेगर्छ । फेरि पढ्दा जुन किसिमको मज्जा आउनुपर्ने हो, पढेर पढ्दापढ्दै जसरी पागल हुनुपर्ने हो त्यो धीत मार्नचाहिँ प्रिन्ट बूक नै उपयोगी हुन्छ । समग्रमा भन्नुपर्दा प्रविधिमा पहुँच हुनेको लागि ई बुक–नहुनेलाई प्रिन्ट उपयोगी हुन्छ जस्तो लाग्छ । म दुबै प्रयोग गर्छु ।
१४, अन्त्यमा ?
* पढ्नु सामान्य कुरा होइन । नयाँ ज्ञान तथा विचार पढाइले नै उब्जाउदछ । त्यसैले पढ्ने बानीको विकास गर्नै पर्दछ । पढ्नको लागि उचित पुस्तको छनौटमा पनि सँगसँगै ध्यान दिनुपर्छ । धन्यवाद !
साभार : धादिङबाट बिहिबार निस्कने बिन्दुकेशरा साप्ताहिक बाट
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |