धादिङबेशी । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा धादिङबेशीमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । धादिङ जिल्ला सहकारी संघ लिमिटेड, धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेड र साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
मंगलबार बिहान सदरमुकाम धादिङबेशी पुछार बजारबाट सुरु भएको प्रभातफेरी विपद् व्यवस्थापन हलमा गएर अन्तरिक्रया गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका पुर्व सदस्य सिताराम कोईरालाले नेपालको सहकारी अभियान र वर्तमान अवस्था बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माले जिल्लामा रहेका सहकारीहरुको अवस्था, सहकारीको दिगोपन, स्वनियमन र सुशासन” को विषयमा सहजीकरण गर्नुभएको थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।
सहकारी दिवसको अवसरमा आयोजित प्रभातफेरी, अन्र्तकृया कार्यक्रममा विशेष गरि नीलकण्ठ नगरपालिका क्षेत्र भित्रका सहकारी संघ/संस्थाका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । दिवसकै अवसरमा शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा संचालित निवन्ध प्रतियोगिताको पुरस्कार समेत बितरण गरिएको थियो । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था यस बर्ष प्रथम हुन सफल भएको छ ।
सहकारी दिवसको अवसरमा धादिङ जिल्लाको अन्य स्थानहरुमा पनि स्थानीय सहकारी संघ÷संस्थाहरुको आयोजनामा विभिन्न किसिमका रचनात्मक तथा सामाजिक कार्यक्रमहरु भएको थियो । त्यसैगरी ६७ औँ राष्ट्रिय सहकारी दिवसकै अवसर पारेर धादिङबेशीका २२६ जनाले रक्तदान गरेका छन् । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५६ जना पुरुष र ७० जना महिला गरी २२६ जनाले रक्तदान गरेका हुन् ।
नीलकण्ठ नगरपालिका वडा नं ८ रामकोट साकोसको कार्यालय प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ८ र ९ मा रहेका सहकारी संस्था, टोल विकास समिति, वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानिय विद्यालयहरुको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |