मकवानपुर । । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको बताउनुभएको छ ।
सोमबार मकवानपुरको मनहरी गाउँपालिका वडा ९ र ५ जोड्ने रजैया दरदरा मोटरेबल पुलको शिलान्यासपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकासको लक्ष्य लिएर अघि बढेको जिकिर गर्नुभयो । उहाँले विकास निर्माणलाई उत्पादनमुखी ढङ्गबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको बताउनुभयो । कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माण अघि बढाउने प्रदेश सरकारको तयारी रहेको उहाँको भनाइ थियो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने समस्यालाई हल गरी पाँच वर्षे नीतिमा काम गर्दै प्रदेश सरकार अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । विकासको ढाँचा परिवर्तन गरी प्रदेश सरकार अघि बढिरहेको उहाँको भनाइ थियो ।
“प्रदेश सरकारले विषयगत क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरेको छ । स्थानीय तहको सुझाव र विगतका अनुभवबाट प्रदेश सरकारले कामलाई परिस्कृत गर्दै अघि बढेको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको आर्थिक समृद्धिको योजनामा भौतिक पूर्वाधार निर्माण चुनौती देखिएको छ ।”
उहाँका अनुसार प्रदेश सरकारले पूर्वाधार विकास अन्तर्गत ठूला सडक र पुलहरुमा लगानी गर्ने रणनीति बनाएको छ । साना योजना स्थानीय तहलाई कार्यान्वयन गर्न दिने गरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री जम्कट्टेलले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |