धादिङबेशी । हेड्स नेपालको पाँचौं वाषिक साधारण सभा सम्पन्न भएको छ । आज धादिङबेशीमा सम्पन्न साधारण सभामा केन्द्रिय अध्यक्ष दिलिप देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका केन्द्रिय अध्यक्ष दिलिप देवकोटाले मानव सेवाको लागि स्वयम सेवा गर्र्नेे तथा मानव जातिको ज्यान वचाउन सहयोग गर्ने संघसंस्थाहरु र नेपाल सरकारसंग सहकार्य गर्दै जाने उद्देश्यले दिलो ज्यानले मानव समुदायको सेवा गरौं भन्ने मुख्य नाराका साथ संस्था स्थापना भएकोले २०५० सालमा स्थापना भएको संस्थाको हाल सम्म ४५ जिल्लामा शाखा रहेको वताउनु भयो ।
२०७५ सालमा जिल्ला शाखा धादिङ गठन भएको र मानव सहयोगको लागि व्यक्ति स्वयमबाट आर्थिक सहयोग संकलन गरि सहयोग प्रदान गराउँदै आएको साथै विभिन्न सामाजिक गतिविधीहरु संचालन गर्दै आएको नीलकण्ठ क्याम्पसका पुर्व क्याम्पस प्रमुख संस्थाका अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले वताउनु भयो ।
हृदयरोग निवारण प्रतिष्ठान लगाएत स्थानिय संघ संस्थासंग सहकार्यमा स्वास्थ्य शिविर, असक्तलाई उपचार सहयोग र विद्यालयमा स्टेशनरी तथा कपडा समेत वितरण गरिएको संस्थाको पाँचौ साधारण सभामा सचिव नारायणलाल श्रेष्ठले वताउनु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्षले आ.व. २०८०/८१ को आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा गोरखा शाखाका अध्यक्ष, नीलकण्ठ क्याम्पसका प्रमुख नवराज शर्मा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङका सभापति राजकुमार श्रेष्ठले साधारण सभाको सफताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |