धादिङ,२९ माघ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा सामाजिक सुरक्षा भत्ता वितरणको लागि बैंक खाता खोल्ने कार्य सम्पन्न भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको नेतृत्वमा बृद्ध भत्ता वितरणको लागि खाता खोल्ने कार्य सम्पन्न भएको हो ।
सामाजिक सुरक्षा वितरणको लागि बैंक परिवर्तन भएसँगै खाता खोल्ने काम सम्पन्न गरीएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । माघ २६ र २७ गतेगरी ४६५ जनाको खाताा खोल्ने कार्य सम्पन्न भएको हो ।
बाँकि रहेकाहरुले आज पनि वडामा आएर खोल्न सकिने पनि अध्यक्ष श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । वडाबाट वडा कार्यालय,पतेनी श्रीमलटोल,देउराली र सेलडाँडामा गएर खाता खोलिएको हो ।
नेपाल एसबीआई बैंकबाट खाता खोल्ने काम सम्पन्न भएपछि फागुन दोस्रो हप्ता भित्र सामाजिक सुरक्षा वितरण गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |