धादिङ,१८ माघ
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको अर्धकार्षिक समिक्षा गोष्ठी धादिङबेसीमा सम्पन्न भएको छ ।जिल्लाको चार वटा पालिकामा सन्चालन भईरहेको सुरक्षित आप्रवासन कार्यक्रमको समिक्षा र आगामी कार्ययोजना बनाउनको लागि बसेको बैठक बिहिबार सम्पन्न भएको सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षको श्रावण महिनादेखि माघ महिनासम्म नीलकण्ठ नगरपालिका,धुनिवेशी नगरपालिका,गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा भएको कार्य प्रगतीको समिक्षा गरीएको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । कार्यक्रममा आप्रवासी श्रोत केन्द्रबाट प्रवाह भएको सुचनाहरु,सिप तथा न्यायको लागि गरीएको काम,वित्तीय साक्षरता तथा मनोसासामाजिक परामर्श कक्षामा भएको प्रगती विवरण,मनोसामाजिक परामर्शको क्षेत्रमा भएका कार्य विवतरण र वैदेशिक रोजगारी गरी फर्किएका रिर्टनी स्वंयसेवकहरुमार्फत प्रवाह भएको सुचनाहरुको कार्य विवरणको विषयमा छलफल भएको थियो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा अधिकृत आर्जन श्रेष्ठ,शिक्षा अधिकृत प्रकाशदत्त भट्ट,आलेप तथा सामी फोकल पर्सन नारायण प्रसाद न्यौपाने,कार्यक्रम अधिकृत भागिराम थारु, डिप्रोस नेपालका श्रेत्रीय संयोजक अर्जुन शााही,सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीको आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले सामी कार्यक्रमले गरेका कामहरुबाट नागरिकहरुले सेवा प्राप्त गरेको भन्दै अझै राम्रो गर्नको लागि निर्देशन दिनुभएको छ।
सामी कार्यक्रम नागरिकहरुको घर सम्म पुग्ने कार्यक्रम रहेको भन्दै यस कार्यक्रमलाई सरकारले निरन्तरता दिनुपर्ने बताउनुभयो ।बैदेशिक रोजागारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि जिल्लाको ४ वटा पालिकामा सुरक्षित आप्रवासन सामी कार्यक्रम सन्चालन भईरहेको छ ।सुरक्षित आप्रवास सामी कार्यक्रमले बैदेशिक रोजगारमा जानेलाई सहि सुचना दिने,निःशुल्क सिपको लागि सिफारीस गर्ने,बैदेशिक रोजगारको कारण उत्पन्न भएको मनोसामाजिक समस्या कम गर्नको लागि मनोपरार्श सेवा दिने,बैदेशिक रोजगारबाट आएको रेमिट्यान्सलाई सहि सदुपयोग गर्न तथा व्यावसायिक योजना बनाई आर्थिक लाभको लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सन्चालन गर्दै आईरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |