पहिलो चरणको सात दिने तालिम लिएर व्यवसाय सुरु गर्नेहरुलाई नीलकण्ठ नगरपालिकाले २ लाख देखी १५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ ।२ लाख सम्मको लागि बिना धितो र २ लाख भन्दा बढीको हकमा धितो राखेर कर्जा उपलब्ध गराईने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । सात दिने तालिम लिएकाहरुले व्यवासाय सन्चालन गर्नको लागि लिएको कर्जाको व्याज २ बर्ष सम्म नीलकण्ठ नगरपालिकाले भुक्तानी गर्ने सुवेदीले जानकारी दिनुभयो ।
पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत व्याज नगरपालिकाले तिर्ने गरी बैंक सँग सम्झौता गरीएको छ ।७ दिन सम्म सन्चालन भएको तालिममा प्रत्येक दिन विषय विज्ञहरुबाट सहजिकरण भएको नीलकण्ठ नगरपालिकाका सामाजिक परिचालन अधिकृत तथा प्रशिक्षक सम्झना भण्डारीले बताउनुभयो । तालिम पश्चात सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले प्रमाणपत्र वितरण गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, मेयर भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |