नीलकण्ठ नगरपालिका वडा नम्बर ११ सिम्लेमा छैटो चन्द्र सूर्य गोल्ड कप २०८० हुनेभएको छ।चन्द्र सूर्य युवा समाज धादिङको आयोजनामा माघे संक्रान्ति को अवसर पारेर पौष २७ गतेदेखि छैटौँ चन्द्र सूर्य गोल्ड कप 7A Side खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सहभागी हुनको लागि पौष २७ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । सहभागि टिमको लागि टिम प्रशिक्षक र म्यानेजर प्रतियोगितामा अनिवार्य उपस्थित हुनु पर्ने छ साथै खेलको संचालनको अवधिमा कुनै विवाद आएमा खेलको नियमअनुसार आयोजक र रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५५५, द्धितिय पुरस्कार २५ हजार ५५५, तृतिय पुरस्कार ५ हजार ५५५ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ भने सान्त्वना हुनेलाइ ५ हजार ५५५ प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाइ आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |