धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा गठन गरीएको मानेगाउँ वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागीहरुले गाउँमा मदिरा निषेध गरेका छन् ।बैदेशिक रोजगारबाट आउने रेमिट्यान्सलाई सही प्रयोग गर्ने उदेश्यले उनीहरुले गाउँमा मदिरा निषेध गरेका हुन्।नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत २१ हप्तासम्म वित्तीय साक्षरता कक्षामा बसेपछि उनीहरुले उक्त निर्णय गरेका हुन्। बैदेशिक रोजगारमा गएका परिवारलाई लक्षित गरी गठन गरिएको समुहमा आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरूमा छलफल भएपछि उनीहरुले (रातो) खर्च भनेर चिनिने मदिरालाई निषेध गरेका हुन् ।
वित्तीय साक्षरता कक्षामा हरियो खर्च,पहिलो खर्च र रातो खर्चहरुको पासबुकमा दैनीक हिसाव किताव राख्न थालेपछि बचत बढाउनको लागि उक्त निर्णय गरेको प्रमिसा तामाङले जानकारी दिनुभयो । मानेगाउँमा सामाजिक कार्य गर्दा मदिराको प्रयोग बढीरहेकोले उक्त खर्चलाई कटौती गर्नको लागि महिलाहरुले बैठक बसेर उक्त निर्णय गरेका हुन्।आमा समुहका भेलाले प्रमिसा तामाको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरीएको छ ।जसको उपाध्यक्षमा विनिता लामा,सचिवमा विमला मायाँ गुरुङ र कोषाध्यक्षमा विमला गुरुङ रहनु भएको छ । भेलाले विभिन्न ३ वटा निर्णय समेत गरेको छ ।
गाउँमा वियर,रम जस्ता आयातित मदिरा सेवन तथा विक्रि वितरणमा बन्द गर्ने,यदी कसैले प्रयोग गरेको थाहा पाए समितिका सदस्यहरुले कारबाही स्वरुप सुरुमा जरिवान गर्ने र आफ्नो खुसिले कसैले कोसेली स्वरुप ल्याउन परे वा अन्यन्त्र लैजान परे महिला समुहसँग सल्लाह गरी अनुमतिमा मात्र ल्याउन वा लैजान पाउने निर्णय गरेको छ । व्यक्तिगत वित्त व्यवस्थापन तथा विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सन्चालन गरीएको नीलकण्ठ नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्सालले जानकारी दिनुभयो ।
२१ हप्ता सम्म प्रत्येक हप्ताको बुधबार २ घण्टाको समयमामा २१ वटा सत्रमा कक्षा सन्चालन गर्ने गरीएको लम्सालले बताउनुभयो । हरेक व्यक्तिले साधन र स्रोतको कुशल प्रयोग गर्दै आयमूलक क्षेत्रमा लगानी गरि आफ्नो जीवनस्तर सुधार गर्न सकिने विषयमा छलफल भएको लम्सालले बताउनुभयो ।कक्षामा वित्तीय अवधारणा, जोखिम र दक्षता सम्बन्धी ज्ञान,व्यवासायीक योजना, दैनीक हिसाव कितावको अभिलेख गर्ने,घर सल्लाह गर्ने,बचत बढाउने प्रेरणा प्रदान गर्ने,वित्तीय अनुशासनमा कसरी रहने,पारिवारीक सरसल्लाहको साथै मानविय जीवनमा आईपर्ने तनाव कसरी व्यवस्थापन गर्ने र सकारात्मक रुपमा जीवनलाई कसरी अगाडी बढाउने विषयमा समुहमा छलफल हुने गरेको सहजकर्ता सरस्वती लम्सालले बताउनुभयो ।
२१ हप्ताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि समुहमा सकारात्मक परिणाम देखीएको वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडीले बताउनुभयो। गाउँमा गोरेटो बाटो सरसफाई गर्ने,महिला समुह दर्ता गर्ने,समुदायमा सरसफाई गर्ने,अनावश्यक खर्च घटाउने र आम्दानी बढाउनको लागि आयमुलक क्षेत्रमा समय खर्चने गरेको दुवाडीे बताउनुभयो ।तालिममा बसेपछि सहभागी महिलाहरुमा व्यवहारिक परिवर्तनको साथै दैनीक क्रियाकलापमा समेत फरक देखीएको छ ।परिवारको सदस्यको फजुल खर्च गर्ने बानीमा सुधार गर्दा बचतमा बृद्धि हुने गरेको बिनिता लामाले बताउनुभयो ।वित्तीय साक्षरता कार्यक्रमको आयाम धेरै फराकिलो रहेको हुँदा निरक्षर देखि दीक्षित बर्ग समेतका सबै व्यक्तिलाई समेट्न सक्ने गरि कार्यक्रम गर्नुपर्ने देखीएको कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |