धादिङ,२० पौष ।
मुक्तिनाथ विकास बैंक आदमघाट शाखा धादिङले १७ औँ वार्षिक उत्सवको अवसरमा डस्टविन वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत डस्टविन वितरण गरेको हो । बैंकले आदमघाट बजार क्षेत्रको लागि १५ वटा डस्टविन वितरण गरेको बैंकका अप्रेशन इन्चार्ज सविन श्रेष्ठले जानकारी दिनुभयो ।
आज एक कार्यक्रमका विच गजुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङलाई बैकका क्षेत्रीय कार्यालय धादिङका प्रमुख ध्रुव प्रसाद रेग्मी र शाखा प्रबन्धक अनिल प्रसाद ढकालले संयुक्त रुपमा डस्टविन हस्तान्तरण गर्नुभएको हो ।
त्यसैगरी बैंकले अस्थायी प्रहरी पोष्ट आदमघाटको लागि एक थान फायर एक्सिटङगुइसर पनि वितरण गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष भक्त बहादुर तामाङले मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै प्रदान गरेको सहयोगले बजार क्षेत्रको सुन्दरतामा थप मद्दत पुग्ने बताउनुभयो ।वित्तिय क्षेत्रमा अग्रणी भुमिकामा रहेर नागरिकलाई सेवा प्रदान गर्दै आईरहेको मुक्तीनाथ बैंकले गरेको यस्ता रचनात्मक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिन वडा अध्यक्ष तामाङले आग्रह गर्नुभयो ।
वार्षिक उत्सव कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ, विपत व्यवस्थापन वेस क्याम्प आदमघाटका प्रहरी नायव उपरिक्षक तुला बहादुर चौधरी, अस्थायी प्रहरी पोष्ट आदमघाटका प्रहरी सहायक निरिक्षक किस्मत पौडेल, मुक्तिनाथ विकास बैक लिमिटेडका क्षेत्रीय कार्यालय धादिङका प्रमुख ध्रुव प्रसाद रेग्मी लगायत बैंकका कर्मचारी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |