धादिङबेशी । धादिङ अस्पताल अव छिट्टै १०० शैयाको अस्पताल हुने बागमती प्रदेश मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले बताउनु भएको छ ।
धादिङ अस्पताल धादिङको ४७ औँ वार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै उहाँले धादिङ अस्पताललाई एक सय शैयाको अस्पताल बनाउने कार्यको प्रक्रिया अगाडी बढि सकेको बताउनु भयो ।
उहाँले हाल भईरहेको ५० शैयालाई थप गरेर एक सय शैयाको अस्पताल बनाउने प्रक्रियाको निर्णय यहि पौष ३ गते क्याबिनेटको बैठक बसेर गरिने समेत बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कुनै पनि बिरामीहरु पैसाको अभावमा वञ्चित हुन नहुने बताउनुभयो । मुख्यमन्त्री जनतासँग स्वास्थ्य कार्यक्रम लगाएत प्रदेश सरकारले अस्पतालबाट प्रदान गर्ने सेवा सुविधा सबै प्रदान गर्न अस्पताल प्रशासनसँग आग्रह गर्नुभयो । उहाँले धादिङ अस्पताल पनि प्रादेशिक अस्पताल भएको कारणले अस्पतालमा कार्यरतहरुको सेवा सुविधामा एकरुपता बनाउन अस्पतालन प्रशासनलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा लामो समय काम गरेका कर्मचारीहरु, अस्पतालको सेवामा उत्कृष्ट काम गर्ने कर्मचारी, अस्पताललाई सहयोग गर्ने संघ सस्था लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा अस्पतालका नर्स तथा डाक्टरहरुले विभिन्न साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |