धादिङबेशी । रुवीभ्याली गाउँपालिकाका मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न भएको छ । मंसिर ६ गते देखि सुरु भएको तालिम आज एक कार्यक्रम बिच समापन गरिएको हो ।
रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङले मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गर्नु भएको छ ।
रुवीभ्याली गाउँपालिका द्धारा आयोजित मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिमको आज समापन समारोहलाई सम्बोधन गर्नुहुदै उपाध्यक्ष लामाले सो कुरा बताउनु भएको हो । उहाँले सम्बोधन कै क्रममा रुवीभ्याली गाउँपालिकाको समाजमा लुकेर बसेका घटनाहरुलाई बाहिर ल्याउन टोल टोलमा गएर सचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेकोले सचेतना अभिवृििद्धमा जोड दिन मेलमिलाप कर्ताहरुलाई आग्रह गर्नु भएको छ ।
धादिङबेशी स्थित आरके होटलमा मंसिर ६ गते देखि सुरु भएको तालिममा रुवीभ्याली गाउँपालिकाको ६ वटै वडाका २४ जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलापमा आवश्यक सिपहरु, सहजीकरण सीपहरु, कानुनी तथा न्यायिक पक्षहरु, मानव अधिकार, विवाद समाधानका तरिकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भुमिका र दायित्वहरु, मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा जानकारी गराइएको थियो । तालिममा महेन्द्र लम्साल, बन्धुराज पौडेल र कविता अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
मेलमिलाप सम्बन्धि तालिम लिएपछि गाउँ टोलमा भएका विवादहरुलाई समाधान गर्न सक्षम भएको रुवीभ्याली गाउँपालिका वडा नं ५ कि धनमाया तामाङ बताउनु भएको छ ।
त्यसैगरी सामाज भएका विवादहरुमा पहिला परम्परागत र दबाब मुलक थियो भने तालिम लिएपश्चात दुबै पक्षको मनाशायलाइ बुझेर मात्र निर्णय गर्नुपर्छ भन्ने सिकाइ भएको बिमल तामाङको भनाई छ ।
गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङको सभापतित्वमा भएको तालिमको समापन समारोहमा वडा नं १ का अध्यक्ष पम्बर तामाङ, वडा नं ३ का फेदोर्जे तामाङ, वडा नं ६ का वडा अध्यक्ष समिर गुरुङ लगायतको आतिथ्यता रहको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |