धादिङ,११ मंसिर
भौतिक पुर्वाधार तर्फका योजनाहरु सबैभन्दा पहिला सम्पन्न गर्ने वडालाई गाउँपालिकाले थप ५ लाखको बजेट बिनियोजित गर्ने गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले बताउनु भएको छ ।गाउँपालिकाबाट बिनियोजित बजेटहरुको काम समयमै सम्पन्न गर्ने उदेश्य सहित यस्तो कार्यक्रमको घोषणा गरीएको अध्यक्ष लामाले धादिङ संचार डटकमलाई जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०८०/०८१ मा भौतिक पूर्वाधार तर्फका योजनाहरुको काम समयमै सक्नुपर्ने छ । यसैगरी वैशाख मसान्त सम्म पनि योजना तथा कार्यक्रम सम्पन्न नगर्ने वडालाई आगामी वर्षमा वडाले पाउने सिलिङ्गबाट ५ लाख बजेट कटौती गर्ने निर्णय पनि गरीएको अध्यक्ष लामाले बताउनुभयो । कार्यसम्पन्नको निश्चितताको लागि प्राविधिक कर्मचारी सहितको अनुगमन टोलीले ईस्टमेट बमोजिमको गुणस्तरीय कार्य सम्पन्न भए नभएको हेरेपछि मात्र उक्त रकम दिईनेछ ।
योजना तथा कार्यक्रमको गुणस्तरीयता सहित बजेटको सदुपयोग गरी समयमै कार्यसम्पन्न हुने र असारे बजेटको अन्त्य गर्ने गाउँपालिकाले लक्ष्य राखेको लामाले बताउनुभयो ।यसैबीच गाउँपालिकाले गत बर्षदेखीनै उपभोक्ता समितिलाई विकास निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई सम्मान गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |